गजल

-अनिल चौँलागाई

एउटा भक्त मन्दिरमा आस्था बोकेर जान्छ
एउटा गरिब गोदुलीसँगै मदिरा धोकेर जान्छ

पास फेलको सवाल छैन जति सक्यो दिमाग ख्वािउनु
कमजोर व्यक्ति मात्र सधैँ इक्जाम भनी घोकेर जान्छ

कालो दिनमा कालो धन मनको पनि कालो जो छ
उही अधर्मी आर्इ मन्दिरमा भेटी चढाएर जान्छ

जवानीमा सफा मन ले सेवा तिमीले गरेको भए
बुढेसकालमा दम लागे नि सजिलै खोकेर जान्छ

………………………………………………………………..

लासमाथि ढिका आँसु ओकल्दै थिए फुलहरूले
धुवाँ समेत आक्रोशमा थिए तिता तिम्रा भुलहरूले

तिमीले मर्न नपर्दो हो त अझै के कति लुट्ने थेउ होला
नर्कमा नैरास लाम्खुट्टेलाइ छेक्दैन पैसाको झुलहरूले

सोसेर पिएको मस्त मदिरा ठ्यास्सै गनायो तिम्रो लासमा
रगतको आँसु बगाउने छ अब तिम्रा निजी मूलहरूले

गिद्ध सत्ते निराश थियो तिम्रो शोकमा आँसु झार्दैथ्यो
इमानको ढोका फोरेसँगै नतार्ने रे स्वर्गका पुलहरूले

…………………………………………………………….

चाहेर पनि सक्दैन गुलाफ हतियार हुनलाई
प्रेम शब्दै हुनु हुन्न फुल मतियार हुनलाई

म खोजिरहेछु आफैलाई सारथि कोही बनाऊ कि भनी
उ बार बार भन्छ नथाल प्रेम गद्दार हुनलाई

शत्रु कमाउन तिमीले पराइको हात समाउनै पर्दैन
गए पुग्छ दाइ भाइ कै सधियार हुनलाई

सियो पनि बन्दैन देशमा सुनको पसल अटम्य भो
हामीले अब केही गर्नु पर्छ राम्रो बजार हुनलाई

प्रतिक्रिया दिनुहोस्