सन्दीपले बीचैमा छाडे बीपीएल


७ माघ २०७५, सोमबार
sandeep lamichhane 1

काठमाडौं, ७ माघ । युवा क्रिकेटर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेल छाडेर स्वदेश फर्किएका छन् । नेपालले युएईसँग खेल्ने एक दिवसीय र टी–२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएको बताएका छन् ।

sandeep lamichhane 1

अस्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका सन्दीप त्यहाँबाट बीचमै बीपीएलका लागि बंगलादेश आएका थिए । बिग ब्यासमा ४ खेल र बीपीएलमा ६ खेल खेलेका उनी सोमबार दिउँसो नेपाल आइपुगेका हुन् । युएईमा हुने सिरिजका लागि नेपाल मंगलबार त्यसतर्फ जाँदैछ ।

युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ । नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्ने छ ।

नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय र २८ तारेखमा अन्तिम एकदिवसीय खेल्ने छ । नेपालले पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्नेछ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तेस्रो फेब्रुअरी ३ मा खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७