पाँच हजार घुस लिंदा जागिर चट्, आयोगद्वारा मुद्दा दायर


७ माघ २०७५, सोमबार
ciaa

काठमाडौं, ७ माघ । ५ हजार रुपैयाँ घुस लिने घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई पन्तले ५ हजार घुस लिंदालिंदै २०७५ पुस १८ मा पक्राउ गरेको थियो ।

ciaa

घरेलु कार्यालयमै बिचौलियाको काम गर्ने खगेन्द्र बोहोराले काम गराइदिन्छु भने बमोजिम निज सरिफा पन्तले टिप्पणी उठाई काम गरिदिएकी थिइन् । प्रमाणपत्र दिने काम बाँकी राखेको अवस्थामा पन्त र खगेन्द्र बोहोरालाई रू.५ घुसबापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई आयोगले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७