२०७५ फागुन ५ गते आइतबारको तपाईको राशिफल


५ फाल्गुन २०७५, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारमा सुख सन्तोष छाउँला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । राज्यबाट मान सम्मान मिल्ने छ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । विद्यामापनि सफलता पाइने छ । सजिलै अरुको बिश्वास जित्न सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेको कार्यमा सफलता पाइने छ । साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ठीक समयमा सही निर्णय लिन सकिने छ । भाग्यले विभिन्न अवसर जुराउने छ । प्रेममा मधुरता छाउने छ । बोलीको प्रभाव पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कार्यको योजना बन्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहने छ । लाभदायक यात्रा रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा समस्या आउँला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । प्रेमी–प्रेमिकाबीच खिन्नता बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागिपनि संघर्ष गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइने छ र खर्च हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामान हराउने वा नष्ट हुन सक्ने छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७