काठमाडौं महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाना


६ फाल्गुन २०७५, सोमबार
sisdol fohor S3hUDiwP1W

काठमाडौं, ६ फागुन । फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ ।

sisdol fohor S3hUDiwP1W

भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा आउँदा महानगरकै सवारी प्रयोग हुने गरेको छ ।

इन्धन खर्च मेकानिकल शाखाले बेहोर्ने महानगरले जनाएको छ । कार्यभार सम्हालेको दुई महिनामा महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ मात्रै ५ पटम सिसडोल गइसकेका छन् । कहिले जनप्रतिनिधि त कहिले प्राविधिक टोली लिएर गएको उनले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७