जनतालाई पानी खोज्न गाग्रो बोकेर जङ्गल चहार्दै मेयर


११ फाल्गुन २०७५, शनिबार
bipin rai

खाँदबारी, ११ फागुन । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो ।

bipin rai

राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।

‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भनेर हिँडे पनि भरपर्दो मुहान फेला पार्न सकेका छैनौं । साना मूल मात्र भेट्यौं ।’

उनका अनुसार वडानम्बर ९ स्थित भालुखोप जंगल सिरानमा एउटा मुहान फेला परेको छ । तर, त्यसले पानी पुग्न सक्ने सम्भावना नरहेको मेयरले सुनाए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७