उपमेयर ढाका पराजुलीकाे नेतृत्वमा बेलबारी सफाइ (फाेटाेफिचर)


१५ पुष २०७४, शनिबार
belabari up mayer sarsafai 1

बेलबारी(मोरङ) : मनिसको बढ्दो जनघन्त्व सँगै फोहोर बढी रहेको बेला बेलबारी नगरपालिकाले नगर सरसफाइ कार्यक्रम शुक्रबारदेखी सुरु गरेको छ ।  शुक्रवारको सरसफाइ बेलबारीको पूर्व–पश्चिम लोकमार्ग बजार क्षेत्रमा लाल्भित्ती देखी बेतना सिमसार सम्म सरसफाइ गरेका छन् ।
बेलबारीलाई सफा सुन्दर स्वच्छ नगर बनाउन सरसफाइ कार्यक्रमको सुरुवात गरेको बेलबारी नगरपालिकाका उपमेयर ढाका पराजुलीले बताए । सफा र स्वच्छ बेलबारी नगर नभईन्जेल निरन्तर मासिक रूपमा १ पटक अनिर्वाय बेलबारीमा सरसफाइ कार्यक्रम गरी रहने पराजुलीले बताएका छन् । उनले भनिन, “बेलबारीलाई पूर्ण सफा र स्वच्छ बनाउन सीमित व्यक्ति र सङ्घ संस्था मात्र नभएर सम्पूर्ण बेलबारीबासी नै लागी पर्नु पर्छ र म सम्पूर्ण बेलबारीबासीलाई अनुरोध पनि गर्दछु ।”
कार्यक्रममा बेलबारी ईलाका प्रहरी, सशस्त्र, स्थानीयबासी, स्कुलका विद्यार्थी, शिक्षक, सामाजिक सङ्घ संस्था सबैबाट उल्लेखिय सहभागिता रहेको थियो ।
सरसफाइ कार्यक्रम बेलबारी नगरपालिकाको आयोजना र भगवती बाल क्लब, बेलबारी , शान्ति बाल क्लब, लक्ष्मीमार्ग , तमु विद्यार्थी समूह बेलबारीको संयोजकमा सुरु भएको हो ।

belabari up mayer sarsafai 1

belabari up mayer sarsafai 8

belabari up mayer sarsafai 7

belabari up mayer sarsafai 6

belabari up mayer sarsafai 2

belabari up mayer sarsafai 3

belabari up mayer sarsafai 4

belabari up mayer sarsafai 5

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७