ब्लाइन्ड रक्सको ‘उड्यो मन’ सार्वजनिक (भिडियोसहित)


२७ पुष २०७४, बिहीबार
blind rocks 1

काठमाडौं: फिल्म ब्लाइन्ड रक्समा समाहित ‘उड्यो मन’ गीतको भिडियो सार्वजनिक गरेको छ । बिहीबार युट्युव मार्फत फिल्म ब्लाइन्ड रक्स टिमले सार्वजनिक गरेको हो । सञ्चारकर्मी नरेश भट्टराईले लेखको शब्दमा हरि लम्सालले सङ्गीत भरेका छन् । भने, बानीका प्रधानले स्वर दिएकी छिन् । गीतको भिडियोलाई निर्देशक मिलन चाम्सलेनै कोरियोग्राफी गरेका छन् ।

blind rocks 1

दृष्टिविहीन सृष्टि केसीको जीवनमा आधारित फिल्म ब्लाइन्ड रक्स अहिले बेलायतको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । नेपालमा भने फागुन १८ गते प्रदर्शन हुने छ । निकेश लिम्बुले निर्माण गरेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका छन् । फिल्ममा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राना लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७