गोर्खा भर्तीका विभेदका आयामहरु

आदिवासी–जनजातिहरूमा महिलाको पुनर्विवाहलाई सांस्कृतिक मान्यता प्राप्त भएता पनि हिन्दूवादी सामाजिक संरचना र सरकारको नीति हिन्दूवादी नीतिलाई पृष्ठपोषण गर्ने खालको भएकाले पुनर्विवाहलाई वर्जिततुल्य मानिएको अवस्थाले गर्दा एकल कष्टकर जीवन बिताउन बाध्य भए । केही दिदी–बहिनीहरू अवसरको खोजीमा अन्यत्र विशेष गरेर भारततर्फको पलायन हुने अवस्था पनि आयो । कोही रहरले त कोही दलालहरूको हातमा परेर आफ्नो अस्मितालाई गुमाई गुमनामको जिन्दगी बाँच्न बाध्य भए ।

ब्रिटिस साम्राज्यले आफ्नो अस्तित्वलाई विश्वभर प्रत्यक्ष रूपले कायम गर्नेे क्रममा नेपाल माथि पनि आक्रमण गर्ने प्रयास नगरेको होइन । सन् १८१४ मा नेपालसँग युद्ध गर्न आइलागेका तत्कालीन ब्रिटिस सेनाले नेपाली सेनास“ग हार बेहोर्नु पर्यो । एवं रीतले ब्रिटिस साम्राज्यले नेपाललाई आफ्नो साम्राज्यमा गा“स्न सफल त भएन तथापि नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस र रणनीतिक कौशलबाट ब्रिटिस साम्राज्य प्रभावित भयो । उक्त नेपाल र ब्रिटिस साम्राज्य बीचको युद्धमा नेपालीको जीत त भयो । तर, नेपालका आदिवासी जनजातिहरू एक प्रकारले अघोषित र षड्यन्त्रमूलक ढंगले उसबेलादेखि नै आजीवन हार र पराजयको काल कोठरी भित्र धकेलिने क्रमको आरम्भ भएको मान्न सकिन्छ ।

विश्वकै शक्तिशाली बन्ने होडबाजीमा सम्पूर्ण विश्व नै ‘मित्रराष्ट्र’ र ‘शत्रुराष्ट्र’ को रूपमा दुई खेमामा विभाजित हुन पुगे । परिणाम स्वरूप ‘प्रथम विश्वयुद्ध’ र ‘दोस्रो विश्वयुद्ध’ जस्तो महाविध्वंशकारी र मानवता विरोधी घटनाहरूले ठाउँ लियो । तत्कालीन अवस्थामा ब्रिटिस साम्राज्यवादी शक्तिलाई थप बल पुर्याउनका निम्ति नेपालका हजारौँ सोझा र निर्दोष जनतालाई युद्धको भुमरीमा होमिन लगाइयो ।

तत्कालीन अवस्थामा साम्राज्यवादी शक्तिलाई युद्ध जित्नका लागि मानव संशाधनको आवश्यकता रहेको र त्यसको परिपूर्तिका लागि तत्कालीन नेपालका शासकहरूसँग मिलेर गोप्य सहमतिको आधारमा कार्यान्वयनको तहमा पुर्याइयो । विश्वकै शक्तिशाली बन्ने होडबाजीमा सम्पूर्ण विश्व नै ‘मित्रराष्ट्र’ र ‘शत्रुराष्ट्र’ को रूपमा दुई खेमामा विभाजित हुन पुगे । परिणाम स्वरूप ‘प्रथम विश्वयुद्ध’ र ‘दोस्रो विश्वयुद्ध’ जस्तो महाविध्वंशकारी र मानवता विरोधी घटनाहरूले ठाउँ लियो । तत्कालीन अवस्थामा ब्रिटिस साम्राज्यवादी शक्तिलाई थप बल पुर्याउनका निम्ति नेपालका हजारौँ सोझा र निर्दोष जनतालाई युद्धको भुमरीमा होमिन लगाइयो । त्यसताका नेपालीहरू र खास गरी आदिवासी जनजाति मूलका युवाहरूले अनाहकमा आफ्नो ज्यान आहुति दिए, हजारौँ अंगभंग भए, हजारौँ त युद्ध बन्दी भए र हजारौँ त बलिको बोका नै भए । जसको लेखाजोखा न त ब्रिटिस साम्राज्यवादी शक्तिले नै राख्यो न त नेपालका तत्कालीन शासक वर्गले ।

दोश्रो विश्वयुद्धताका त नेपाली शासकको रणनीति नै नेपाल भित्रका आदिवासी जनजाति मूलका युवाहरूलाई खोजी–खोजी र सकभर ललाइ–फकाइ, झुक्याइ साम्राज्यवादी शक्तिलाई सघाउने हेतु अनेक बहानामा प्रेरित गरी ब्रिटिस सेनामा पठाउनु नै थियो । नेपालको भाग्यरेखा कोर्न सक्ने भावी पुस्तालाई यसरी सात समुद्र पारी पठाउने कार्य गर्नमा कुनै कसर बाँकी राखिएन । तत्कालीन भारत माथि ‘इस्ट इन्डिया कम्पनी’ ले छद्म भेषमा ब्रिटिस साम्राज्यवादी शक्तिको पर्दापणको साथ–साथै साना–साना राजा–रजौटाहरूको बीचको अन्तद्र्वन्द्वलाई ब्रिटिस शासकहरूले ठूलो अवसरको रूपमा प्रयोग गरे । तत्पश्चात् एकपछि अर्को राज्यलाई आफ्नो मातहतमा ल्याउँदै गर्दाको परिणाम हो आजको भारत । ब्रिटिस सामाज्यलाई फिर्ता गराउनका निम्ति सुभाषचन्द्र बोसको सशस्त्र ‘भारत छोड’ आन्दोलन एवं महात्मा गान्धीको अहिंसावादी ‘भारत छोड’ आन्दोलनले उचाइ लिन थालेपछि ब्रिटिस साम्राज्यले त्यस आन्दोलनको आ“धीबेहेरीलाई थेग्न नसकी भारतलाई सन् १९४७ अगस्त १५ को दिन आधिकारिक रूपले छाड्न बाध्य भयो ।

गोरखाली पल्टनको छैटौँ गोरखा रेजिमेन्टले भारतीय सेनामै रहेर काम गर्ने भयो भने दोश्रो, सातौँ, दशौँ गोरखा राइफल्सले ब्रिटिस साम्राज्यवादी शक्तिसँगै रहेर काम गर्ने सिलसिलामा ती सम्पूर्णलाई ‘ब्रिगेड अफ गोरखाज’ नामाकरण गरी मलाया स्थानान्तरण गराइयो । एवं रीतले नेपाली युवाहरूको र विशेष गरी आदिवासी जनजाति समुदायका युवाहरू बहुल मात्रामा पलायन हुने गोरखा भर्तीको इतिहास लगभग दुई सय वर्ष पुगेकाे छ ।

तत्पश्चात् गोरखाली पल्टनको छैटौँ गोरखा रेजिमेन्टले भारतीय सेनामै रहेर काम गर्ने भयो भने दोश्रो, सातौँ, दशौँ गोरखा राइफल्सले ब्रिटिस साम्राज्यवादी शक्तिसँगै रहेर काम गर्ने सिलसिलामा ती सम्पूर्णलाई ‘ब्रिगेड अफ गोरखाज’ नामाकरण गरी मलाया स्थानान्तरण गराइयो । एवं रीतले नेपाली युवाहरूको र विशेष गरी आदिवासी जनजाति समुदायका युवाहरू बहुल मात्रामा पलायन हुने गोरखा भर्तीको इतिहास लगभग दुई सय वर्ष पुगेकाे छ । फरक यत्ति मात्र हो कि तत्कालीन अवस्थामा हजारौँ हजारको संख्यामा वर्षेनी गोरखा भर्ती गराइन्थ्यो भने आज आएर यो संख्या केही सयमा मात्र सीमित हुन पुगेको छ । गोरखा भर्तीमा आदिवासी, जनजाति भित्र राई, लिम्बू, मगर, गुरूङ आदि समुदायले मुख्य रूपले स्थान पाएको इतिहास हेर्न पाइन्छ । गोरखा भर्तीको इतिहास भित्र विभेदीकरणको पक्षलाई हेर्ने हो भने गोरखा भर्तीको प्रक्रिया नै विभेदीकरणको जगमा बसालिएको एक अन्तहीन षड्यन्त्रको दृश्यावलोकन गर्न सकिन्छ । प्रस्तुत लेखमा यस्तै केही बु“दाहरूलाई दर्साउने प्रयास गरिएको छः

१. शासकीय विभेद
तत्कालीन अवस्थामा नेपालका शासकहरूलाई पूर्वका राई र लिम्बूहरूसँग बढी डर थियो भने मध्य नेपाल र पश्चिम नेपालमा मगर र गुरूङ जातिसँग सशंकित हुनुपर्ने ठाउँ थियो । राई, लिम्बू, मगर, गुरूङहरू एक प्रकारले आफ्नो मौलिक परम्परा र शासकीय व्यवस्था अन्तर्गत निर्देशित र व्यवस्थित रहेको दृष्टान्त हामी इतिहासको पानामा हेर्न पाउँदछौँ ।

अतः एक महत्वकांक्षी शासकलाई अन्य शासक वर्गसँग त्रास हुनु त स्वाभाविक थियो । तत्कालीन शासकले यी आदिवासी, जनजाति शक्तिहरू एक ठाउँमा मिले भने उनीहरूको शासकीय अस्तित्व समेत खतरामा पर्ने संकेत देखेरै आदिवासी, जनजाति युवाहरूलाई बढीभन्दा बढी मात्रामा यस नेपाली भूमिबाट टाढा राख्ने षड्यन्त्र शुरू गरे । जसमा साम्राज्यवादी शक्तिको अभीष्ट र तत्कालीन नेपाली शासकहरूको अभीष्ट पुरा हुने मिलन बिन्दुको रूमपा गोरखा भर्तीको जगलाई बसालिएको मान्नसकिन्छ ।

२.जातीय विभेद
गोरखा भर्ती भित्र जातीय विभेदको गन्ध प्रशस्त मात्रामा पाउन सकिन्छ । तत्कालीन समयमा राई, लिम्बू, गुरूङ र मगर बाहेकलाई गोरखा भर्तीमा स्थान थिएन । परिणाम स्वरूप पूर्वतिरका आदिवासी–जनजाति युवाहरूले आफ्ना वास्तविक जातीय (थर) पहिचान लुकाई राई अथवा लिम्बू बनेर गोरखा भर्ती हुने बाध्यता थियो भने पश्चिम र मध्य नेपालका आदिवासी–जनजाति युवाहरूले गुरूङ वा मगर बनेर मात्र गोरखा भर्ती हुने प्रचलन थियो । यही कारण हो कि कतिपय, तामाङ, जिरेल, सुनुवार आदिले आफ्नो वास्तविक जातीय (थर) पहिचानलाई लुकाई राई, लिम्बू, मगर वा गुरूङ थरमा परिणत गरी गोरखा भर्ती लागे । यस प्रकारले आदिवासी, जनजातिहरू भित्र पनि जातीय विभेदको खाडल बनाउने काम गोरखा भर्तीबाट भएको बुझ्न सकिन्छ ।

तत्कालीन अवस्थामा गोरखा भर्तीलाई महिलाहरूको शारीरिक एवं मानसिक उत्पीडनसँग जोडेर हेर्न सकिन्छ । जब साम्राज्यवादी शक्तिले नेपाली दाजुभाइहरूलाई विश्वयुद्धको चक्र भित्र होमिन बाध्य पारे । उनीहरू कुनै न कुनै रूपमा भाइको रूपमा, छोराको रूपमा, श्रीमान्को रूपमा महिलासँग सम्बन्धित रहेका थिए । युद्धमा पर्दा कैयौँ बेपत्ता भए, कैयौँ अंगभंग भए, हजारौँको मृत्यु भयो ।

३. लैङ्गिक विभेद
तत्कालीन अवस्थामा गोरखा भर्तीलाई महिलाहरूको शारीरिक एवं मानसिक उत्पीडनसँग जोडेर हेर्न सकिन्छ । जब साम्राज्यवादी शक्तिले नेपाली दाजुभाइहरूलाई विश्वयुद्धको चक्र भित्र होमिन बाध्य पारे । उनीहरू कुनै न कुनै रूपमा भाइको रूपमा, छोराको रूपमा, श्रीमान्को रूपमा महिलासँग सम्बन्धित रहेका थिए । युद्धमा पर्दा कैयौँ बेपत्ता भए, कैयौँ अंगभंग भए, हजारौँको मृत्यु भयो । त्यस्ताहरूको कुनै लेखाजोखा पनि भएन र उनीहरूको आश्रितहरू र विशेष गरी विधुवा र एकल हुन पुगेका महिलाहरूलाई खासै राहतको व्यवस्था पनि गर्न नसक्दा उनीहरू ठूलो मर्कामा परेको तथ्य हामी सामु छ । केही मात्रामा राहतको व्यवस्था गरिए तापनि त्यो क्षति भएको तुलनामा त्यो राहत अत्यन्तै न्यून रहेको छ ।

तत्कालीन अवस्थामा युद्धमा होमिएकाहरूको विधुवा वा एकल हुन पुगेका महिलाहरूको सामाजिक, शारीरिक एवं मनोवैज्ञानिक क्षतिपूर्तिको विषयमा संवेदनशील भई उचित सम्बोधन गर्न नसक्नु गोरखाहरू प्रतिको विभेदको एक उदाहरणको रूपमा लिन सकिन्छ । विश्वयुद्धमा हजारौँ निर्दोष युवा गोरखाहरू मारिँदा, अंगभंग हुँदा देशले भोगेको युवा जनशक्तिको अभाव एकातिर छँदै थियो भने अर्कोतिर उनीहरू माथि आश्रित महिला जमातको कहालीलाग्दो उत्पीडनको अवस्था तड्कारो थियो । तत्कालीन रूढीवादी सामजिक संरचना र लैङ्गिक विभेदकारी शैक्षिक अवस्था अत्यन्तै जटिल रहेको थियो । यसको प्रभाव ती विधुवा, एकल र आश्रित महिला माथि पर्नु स्वाभाविक नै थियो । अत्यन्तै दयनीय र कहाली लाग्दो अवस्थामा हाम्रा दिदी–बहिनीहरूले जीवनयापन गर्न बाध्य थिए ।

आदिवासी–जनजातिहरूमा महिलाको पुनर्विवाहलाई सांस्कृतिक मान्यता प्राप्त भएता पनि हिन्दूवादी सामाजिक संरचना र सरकारको नीति हिन्दूवादी नीतिलाई पृष्ठपोषण गर्ने खालको भएकाले पुनर्विवाहलाई वर्जिततुल्य मानिएको अवस्थाले गर्दा एकल कष्टकर जीवन बिताउन बाध्य भए । केही दिदी–बहिनीहरू अवसरको खोजीमा अन्यत्र विशेष गरेर भारततर्फको पलायन हुने अवस्था पनि आयो । कोही रहरले त कोही दलालहरूको हातमा परेर आफ्नो अस्मितालाई गुमाई गुमनामको जिन्दगी बाँच्न बाध्य भए ।

समग्रमा भन्नुपर्दा गोरखा भर्तीले अनेकानेक विभेदहरूको जगमा उभिएर आफ्नो निर्दिष्ट उद्देश्यलाई पूरा गर्ने काम गरेको छ । यद्यपि, अहिलेको विश्व परिदृष्य बदलिँदो छ । सबैको चेतनाको स्तर केही मात्रामा भए पनि उच्च भएकै छ । सबैखाले विभेदको अन्त अब हुनुपर्दछ भन्ने विचारलाई लगभग सबैले बुझेका छन् । ब्रिटिस सरकारले पनि विगतमा भए गरेका विभेदको क्षतिपूर्ति थोरै भएपनि प्रदान गर्ने प्रयास गरेको देखिन्छ । पछिल्लो दिनहरूमा प्रिजनर्स अफ वार (पिओआर) लाई राहत प्रदान होस् वा सबै भूतपूर्व गोरखा सैनिकलाई आवासीय भिसा प्रदान गरेर गोरखा भर्ती र विगतका गोरखाहरूको क्षतिपूर्तिको रूपमा र केही राहतको रूपमा यसलाई लिन त सकिन्छ ।

तर, गोरखाहरूका लागि यही नै सम्पूर्ण होइन । यसका लागि नेपाल सरकारको तर्फबाट पनि पर्याप्त पहल हुनुपर्दछ । गोरखा भर्तीको इतिहासलाई हेर्ने हो भने आदिवासी जनजातिहरूलाई भर्ती लिँदा र उनीहरूसँग गरिएका सबैखाले विभेदलाई मध्यनजर गर्दा आदिवासी–जनजातिहरूले र विशेष गरेर महिला दिदी–बहिनीहरूले प्राप्ति भन्दा बढी गुमाउनु पर्ने तीतो यथार्थ हामीले पाउँदछौँ । र, यसलाई एक अपुरणीय क्षतिको रूपमा लिन सकिन्छ ।

(त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत राई गोर्खा सैनिक परिवारका सदस्य समेत हुन्)

 

यसमा तपाईको प्रतिक्रिया