तरुण दलका सचिवले गरे फुटवलरमाथि छुरा प्रहार


८ असार २०७५, शुक्रबार
photo chura prahar 20180622071732

मोरङ, ८ असार । मोरङ–११ बाट फुटबल खेल्दै आएका २७ वर्षीय विशाल तामाङमाथि शुक्रबार बिहान मोरङको उर्लाबारीमा तरुण दलका सचिव एवम् जनप्रतिनिधिले छुरा हानेका छन् । photo chura prahar 20180622071732

उर्लाबारी नगरपालिका– ६ का वडा सदस्य एवम् तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि छुरा प्रहारको घटना भएको हो । अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिष्पर्धा हेरिसकेर घर फर्किने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद भएको जनाइएको छ । त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीको भनाइ छ ।

उक्त विवादलाई लिएर उर्लाबारी–५ स्थित एरोमा होटेलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले बिहान ३ बजेतिर छुरा प्रहार गरेको तिमल्सिनाले बताएका छन् । छुरा प्रहारबाट पेटमा चोट लागेपछि घाइते भएका तामाङलाई उपचारका लागि विर्तामोडस्थित वी एण्ड सी हस्पिटलमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तीव्र पारिएको छ । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । उनीमाथि कार्वाही प्रक्रिया अघि नबढाउन प्रहरीमा विभिन्न राजनैतिक नेत्रृत्वबाट दवाव आइरहेको एक प्रहरीले बताए । प्रहरीले यस घटनालाई राजनैतिक आडमा भएको अपराधका रुपमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७