पूर्वपदाधिकारीलाई मासिक भत्तादेखि कर्मचारीसम्म दिने तयारी


११ असार २०७५, सोमबार
Griha Mantralaya Home Ministry

काठमाडाैं, ११ असार । सरकारले पूर्वपदाधिकारीका रुपमा राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउने तयारी गरेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार  छ ।Griha Mantralaya Home Ministry

गृहमन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानून र अर्थ मन्त्रालयले सहमति दिइसकेका छन् ।

समाचार अनुसार राष्ट्रपतिलाई ५० हजार र उपराष्ट्रपतिलाई ४० हजार मासिक भत्ता दिन प्रस्ताव गरिएको छ । काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र पूर्वउपराष्ट्रपति प्रधानमन्त्री, , प्रधानमन्त्री र सभामुखलाई मासिक ७५ हजार घरभाडा दिन विधेयकमा प्रस्ताव छ ।

पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी आवश्यक सुरक्षा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७