गायक गुरुङको ‘मेरो प्यारो रामेछाप’ सार्वजनिक


२८ असार २०७५, बिहीबार
champk

काठमाडौं, २८ असार । रामेछाप जिल्लाको प्राकृतिक, धार्मिक सम्पदा र भूगोललाई केन्द्रविन्दुमा राखेर युवा स्रष्टा चम्पक गुरुङ र विकास गुरुङले ‘मेरो प्यारो रामेछाप’ को गीत तथा भिडियो सार्वजनिक गरेका छन् । गीतकार गुरुङको उक्त गीत तथा भिडियो बुधबार एक समारोहबीच रामेछापका सांसद श्यामकुमार श्रेष्ठले विमोचन गरेका छन् ।

champk

गीतमा रामेछाप जिल्लाको ऐतिहासिक, सांस्कृतिक धार्मिक एवं गाउँ ठाउँलाई समावेश गरिएको छ । यसरी रामेछापको ऐतिहासिक, धार्मिक पक्षलाई समावेश गरी पहिलो पटक गीत तथा भिडियो निर्माण भएको हो ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँ निवासी गीतकार चम्पक गुरुङ र विकास गुरुङले रामेछापको आठ वटै स्थानीय तहलाई समावेश गरे गीत निर्माण गरेका हुन् ।
रामेछापको गीतको स्वर स्वरुपराज आचार्य र संगीत फुलकुमार बम्जनले दिएका छन् । म्युजिक भिडियोमा विकास गुरुङ र नम्रता सापकोटाको अभिनय रहेको छ ।
कार्यक्रममा रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले रामेछापको विभिन्न पक्षलाई समावेश गरेर रचना गरिएको गीत र म्यूजिक भिडियोले रामेछापको प्रचार प्रसारले ठूलो योगदान दिने बताए । म्युजिक भिडियोले रामेछापको बिम्ब बोकेको बताउदै उनले रामेछाप जिल्लालाई चिनाउन थप सहयोग पुग्ने बताए ।
उक्त कार्यक्रममा पूर्व सभासदद्धय लक्ष्मी गुरुङ,आङटावा शेर्पा, युवा संघका केन्द्रीय सदस्य जयदेव गुरुङ,रामेछाप नगरपालिका–८ का वडा अध्यक्ष केदार कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७