लोकप्रियताका लागि प्रहरीको ‘प्रोपोगान्डा’, एसएसपीलाई भेट्नै गएकी थिइनन् नबिना


२३ भाद्र २०७५, शनिबार
nabina lama and dhiraj pratap singh


काठमाडौं, २३ भदौ । १९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । यसपछि बिभिन्न सञ्चार माध्यममा समाचार आयो,‘गुण्डा छुटाउन पुगेकी सांसद नबिना लामालाई एसएसपी धिरजप्रताप सिंहले हप्काएर पठाए ।’

यसपछि समाजिक सञ्जालमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह लोकप्रिय भए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा सांसद नबिना लामाको चौतर्फी बिरोध भयो । सिंह हिरो र लामा भिलेनको रुपमा समाजिक सञ्जालमा भाइरल भयो ।

nabina lama and dhiraj pratap singh



अपराध अनुसन्धान महाशाखालाई उधृत गरेर आएको समाचारमा सांसद लामा २१ भदौं बिहीबार दिउँसो साढे १२ बजे सांसद लामा नेतृत्वको टोली महाशाखा पुगेको उल्लेख छ । अपराध अनुसन्धान महाशाखालाई उधृत गर्दै आएको समाचारमा अनेरास्वबियुकी पुर्व अध्यक्षसमेत रहेकी लामाले महाशाखा पुगेर आफु प्रधानमन्त्री केपी शर्मा ओली नजिकको र प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोडनुपर्ने निर्देशात्मक दवाब समेत दिएको उल्लेख थियो ।

एसएसपी सिंह सांसद लामालाई अपराध अनुसन्धान महाशाखाको कार्यालयबाट हप्काएको खबर भाइरल जस्तै भयो । अहिले पनि भइरहेको छ ।

तर, अपराध अनुसन्धान महाशाखाले दिएको जानकारी जस्तो सांसद नबिना लामा महाशाखाको कार्यालय टेकु नै गएकी थिइनन् । नबिनाले सत्यमान लामा पक्राउको दुई दिनपछि एसएसपी सिंहलाई टेलिफोन चहिँ गरेकी थिइन् । घटना बारे नविनाले नयाँ पेजसँग भनिन्,‘मेरो दुबैतिर(सत्यमान र उसकी दिदि) चिनजान भएको कारण मलाई मध्यस्तता गरदिनु भनेकी थिएँ । र, मैले बुझ्नलाई फोन मात्रै गरेकी हुँ ।’

अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमान पक्राउ परेका हुन् ।

नबिनाको प्रश्न, ‘यो कस्तो प्रोपोगान्डा हो ?’
नबिना न अपराध अनुसन्धान महाशाखा, टेकु गएका थिइन् । न उनको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसँग कुनै दोहोरो भनाभन नै भएको थियो । एसएसपी सिंहसँग उनको सौहाद्र कुरा भएको थियो । तर, समाचार आयो,‘गुण्डा छुटाउन पुगेकी सांसद नबिना लामालाई एसएसपी धिरजप्रताप सिंहले हप्काएर पठाए ।’

आफ्नो राजनीतिक चरित्र हत्या गर्ने नियोजित उद्देश्यले यो प्रोपोगान्डा गरिएको नबिनाको बुझाई छ । उनले भनिन्,‘म टेकु नी गएकी छैन । मात्रै एसएसपी धिरजप्रताप सिंहसँग टेलीफोनमा मैले कुरा गरेको मात्रै हो । टेलीफोनमा पनि राम्रो करा भएको हो । कुनै बहस अथवा भनाभन भएकै छैन । हुदै नभएको कुराको प्रचार गर्ने यो कस्तो प्रोपोगान्डा हो ?’

प्रहरीसँग गरिएको कुराकानीका आधारमा नै यसरी प्रोपोगान्डाले आफू दुखित भएको सांसद लामाले बताइन् । भनिन्, ‘प्रहरीसँग कुनै पनि बिषयको बारेमा चासो राख्ने अधिकार नेता वा सांसदलाई मात्रै होइन आम जनतालाई छ । हो, मैले सत्यमानको बारेमा बुझेँ । तर, यसरी नभएको प्रचार किन भयो ?’

त्यस्तो नविनाको कुरा एसएसपी धिरजप्रताप सिंहसँग मात्रै भएको थियो । उनले सहज अनुमान गरिनन् यो प्रचारको काम उनैले गरे । र, एसएसपी सिंहसँग यस बारेमा प्रश्न गर्दा आफुले प्रचार नगरको बताए ।

एसएसपी सिंहको प्रश्न, ‘के हामीले विज्ञप्ती निकालेको छ र ?’
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सिंहले पनि सांसद नबिना लामा अपराध अनुसन्धान महाशाखाको कार्यालय टेकु नआएको पुष्टी गरे । सांसद लामासँग आफ्नो त्यस्तो भनाभन पनि नभएको उनले बताए ।


सांसद लामालाई हप्काएको भन्ने सुचना महाशाखाले नै नदिएको भन्ने कुरा पनि उनले अस्वीकार गरे । ‘तपाईले हप्काएर पठाउनु भएको भन्न सामाचार आयो नी ?’ भन्ने प्रश्नमा एसएसपी सिंहले भने, ‘के हामीले कुनै विज्ञप्ती निकालेका छौं र ?’ तर, एसएसपी सिंहसँग भएको टेलीफोनको बारेमा कसले बाहिर प्रचार गरेको हो ? त्यो चहिँ उनले खुलाएनन् ।

‘अपराधी भए कारबाही गर्नुपर्छ’
सांसद लामाले यदि पक्राउ परेको अपराध गरेको भए कारबाही हुनुपर्ने बताइन् । उनले भनिन्,‘मैले पारिवारिक झगडा होला भनेर चासो लिएको हुँ । अपराध गरेको भए कारबाही हुनुपर्छ ।’

आफू अपराधी संरक्षणमा नलागेको उनको भनाई छ । ‘कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधीहरु को संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७