ओपो ए७ को प्रि–अर्डर खुल्ला


२० कार्तिक २०७५, मंगलवार
Fullscreen capture 110218 064020 PM ebomy3HgWs

काठमाडौं, २० कात्तिक । सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन ए ७ सार्वजनिक गर्दै गर्दा प्रि–अर्डर खुल्ला गरेको छ ।

Fullscreen capture 110218 064020 PM ebomy3HgWs

कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए७ विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो ।

ईच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रि–अर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रि–अर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुनेछ ।

प्रि–अर्डर अवधिभर ईच्छुक उपभोक्ताले कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुममा गई २००० अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रि–बुकिङ गर्ने उपभोक्ताले फास्ट सेल्स ईभेन्टका दौरान नायिक स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने छन् ।

नायिक खड्का भरखरै आधिकारिक रुपमा नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन् । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ लाखौ नेपाली यूवाका ढुकढुकीका रुपमा रहन सफल नेपाली चलचित्र उद्योगकी सुपर स्टार नायिक स्वस्तिमा खड्कासंग सहकार्य गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ ।

स्थानिय लोकप्रिय कलाकारहरुसंगको यस्ता सहकार्यले हाम्रा यूवा फ्यान्स माझ आफ्ना सन्देश पु¥याउन थप सहयोग मिल्नेमा हामी विश्वस्त छाँै ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७