९३ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, तपाईको केन्द्र कहाँ ?


४ मंसिर २०७५, मंगलवार
samanya ministry 59bb5a3480bb83 59c49af669fd88.44814083

काठमाडौं, ४ मंसिर । स्थानीय नागरिकको सुविधा र मागलाई मध्यनजर गर्दै अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन भएका छन् ।

samanya ministry 59bb5a3480bb83 59c49af669fd88.44814083

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार तीमध्ये १९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन गरिएका छन् ।

गाउँ–नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्नका लागि दुई तिहाइले पारित गरेको प्रस्ताव प्रदेश सरकारसमक्ष पेश गर्नुपर्छ । यसरी पेश गरिएको नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारले संघीय मामिला मन्त्रालयमा पठाउने गर्छ ।

मन्त्रालयले नाम र केन्द्र परिवर्तन गर्न चाहने स्थानीय तहको प्रक्रियाबारे अध्ययन गरेर मन्त्रिपरिषद् कार्यालयमा पठाउँछ । प्रवक्ता अधिकारीले नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन पेश गरेका ५० स्थानीय तहको थप आवश्यक कागजात मगाइएको बताए ।

‘कतिपय स्थानीय तहले प्रक्रिया नै नपुर्‍याई नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन दिएका छन्’, उनले भने, ‘त्यस्ता स्थानीय तहलाई प्रक्रिया पुर्‍याएर पुनः कागजात मगाइएको छ ।’ मन्त्रालयले चार स्थानीय तहको नाम परिवर्तन गर्नका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७