स्थायी शिक्षक खुल्लातर्फको लिखितको नतिजा प्रकाशित, २५ गते अन्तरवार्ता (नतिजासहित)


१३ बैशाख २०७६, शुक्रबार
teacher aayog

काठमाडौं, १३ बैसाख । शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न थालेको छ ।

गएको असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार पहिलो दिन माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा प्रकाशन गरेको छ ।

नतिजा अनुसार पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा मध्यमाञ्चलको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कृषि, मध्यपश्चिमाञ्चलको भूगोल र सुदूर पश्चिमाञ्चलको संस्कृत साहित्य तर्फको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

बिहीबार भएको नतिजामा उत्र्तीणहरुको अन्तरवार्ता बैशाख २५ गतेलाई तोकिएको आयोगले जनाएको छ । कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन भएको थियो ।

गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा भएको थियो । परीक्षा भएको तीन महिना पछि आयोगले काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा गत पुस २३ गतेबाट कापी परीक्षणको काम शुरु गरेको थियो ।

खुल्ला विज्ञापनको परीक्षाकै बीचमा कार्यरत अस्थायी शिक्षक परीक्षाका प्रक्रियागत कार्य गर्नु परेकाले ढिलो भएको आयोगका पदाधिकारीहरुले बताउँदै आएका छन् ।
हेर्नुहोस् नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७