इङलिस प्रिमियर लिग : चेल्सी र लिभरपुल विजयी
काठमाडौं, २९ चैत । चेल्सी र लिभरपुलले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबारका खेलमा जित निकालेका छन् । चेल्सीले क्रिस्टल प्यालेसलाई ४–१ र लिभरपुलले एस्टन भिल्लालाई २–१ ले पराजित गरेका हुन् ।
क्रिस्टियन पुलिसिचको गोलमा चेल्सीले प्यालेसको घरेलु मैदानमा आरामदायी जित निकालेको हो । यो जितपछि चेल्सी ५४ अंकसाथ चौथो स्थानमा पुग्न सफल रह्यो ।
लिभरपुलका लागि भने एलेक्जान्डर आर्नोल्डले दोस्रो हाफको इन्जुरीमा निर्णायक गोल गरे । लिभरपुल ५२ अंकसाथ पाँचौं स्थानमा छ । यसअघि शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडविरुद्धको खेलमा घरेलु मैदानमै २–१ ले पराजित हुन पुगेको थियो ।