कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा
काठमाडौं, २० असार । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको खेलमा कोलम्बियाले उरुवेलाई टाई ब्रकेरमा पाखा लगायो ।
निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रकेरमा कोलम्बिया ४–२ ले विजयी भयो ।
निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।