एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित तीन पदाधिकारीले दिए राजीनामा
काठमाडौं, ५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिका तीन पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । समितिका संयोजकसहित तीन पदाधिकारीले आज (मंगलबार) राजीनामा दिएका हुन् ।
तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका हुन् ।
२०७७ मंसिर २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एन्फा होस्टल, खेल मैदान, व्यस्थापनसहित एन्फा परिसरमा फ्लड लाइट र सोभिनियर सप निर्माण गर्न दिएको जिम्मेवारीलाई स्वीकार गर्दै काम गरिरहे पनि कार्य व्यस्तताको कारण आजको मितिबाट नै राजीनामा दिएको एन्फालाई बुझाएको पत्रमा उल्लेख छ ।
हेर्नुस् राजीनामा पत्र