२ नम्बर प्रदेशको नाम ‘मधेश’ दुईतिहाइ बहुमतले स्वीकृत
काठमाडौं, ३ माघ । प्रदेश २ को नाम मधेश नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो ।
प्रदेश सभामा भएको मतदानपछि मतपरिणाम सुनाउँदै सभामुख सरोजकुमार यादवले मधेश प्रदेशको पक्षमा ८० जना सांसदले मतदान गरेको घोषणा गरे ।
कूल १०४ जना सांसद रहेकोमा उपस्थित भएका ९९ जना सांसदमध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरेका हुन् ।