एसियाली टिम जापान समुह उपविजेता बन्दै दोस्रो चरणमा


१४ असार २०७५, बिहीबार

काठमाडौं, १४ असार । रसियामा जारी विश्वकप फुटबलको समुह एचबाट एसियाली टिम जापान दोस्रो चरणमा प्रवेश गरेको छ । समुहको अन्तिम खेल हारेपनि जापान समुहको उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

समुहको अन्तिम खेलमा  पोल्याण्डसँग १–० ले पराजित भएपनि जापान फेयर प्ले(अनुसासित टोली)का आधारमा जापान समूह एचबाट दोस्रो चरणमा प्रवेश गरे ।

जापानसँग समान अंक भएपनि फेयर प्लेका आधारमा पछि परेको सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ। समुह एचमा काेलम्बिया ६ अंकका साथ  विजेता बनेकाे छ । सेनेगेललार्इ पराजित गर्दै कोलम्बिया समूह विजेता बनेकाे हाे ।  जापानले ४ पहेलो कार्ड पाएको थियो । सेनेगलले ६ वटा पहेलो कार्ड पाएको थियो।  36335710 1742318955856400 1549360493699792896 n

पोल्याण्डकाे जितमा जापानविरुद्ध ५९ औं मिनेटमा जान बेदनारेक  निर्णायक गोल गरेका थिए। राफाल खुर्जावाको फ्रिकिक पासमा उनले गोलपोस्ट नजिकैबाट बललाई पोस्टको दिशा दिएका थिए। त्यसलार्इ रोक्न गोलकिपरले कुनै मौका पाएनन्।

यस्तै  कोलम्बिया लागि भने यारि मिनाले ७४ अौं मिनेटमा निर्णायक गोल गरेका थिए।

याे पनि पढ्नुहाेस्
एसियाको आशा जापान, जापानको भरोषा होन्डामा

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७