एसियाकप क्रिकेट: नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य
काठमाडौं: मलेसियामा जारी उन्नाइस वर्ष मुनी उमेर समूहका एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई १ सय ८६ रनको चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको हो । मलेसियाको बायुमस ओभलमा नेपालका लागि कप्तान दिपेन्द्रसिहं ऐरीले सर्बाधिक ८८ रन बनाएका छन ।
१ सय १ बल खेलेका कप्तान ऐरीले ६ चौका र २ छक्का प्रहार गरेका हुन । जितेन्द्रसिहले ३६, भिम सार्कीले १५ रन बनाउनु बाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । १ सय ८६ रनको विजयी लक्ष्य पाएको भारतले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।