सुरक्षाकर्मीका पोसाकमा गुणस्तर निर्धारण, नापतौल विभागले मापदण्ड बनाउने


२९ पुष २०७५, आईतवार
nepal police sketch

काठमाण्डौं, २९ पुस । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाउने पोसाकको गुणस्तर निर्धारण गरिने भएको छ ।

nepal police sketch

सरकारले पहिलोपटक पोसाकको उत्पादन र बिक्री मापदण्ड निर्धारण गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने लुगा अन्य व्यक्तिको भन्दा बलियो हुनुपर्ने भएकाले पोसाकमा गुणस्तरसम्बन्धी मापदण्ड ल्याउन लागेको उनले बताए । नेपाल प्रहरी, नेपालीसेना र सशस्त्र प्रहरीले प्रयोग गर्ने पोसाकमा गुणस्तर मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारण गरेको हो ।

तीन विभागीयको माग बमोजिक नेपाल गुणस्तर तथा नापतौल विभागले पोसाकमा मापदण्ड बनाउन थालेको शाक्यले बताए। तीनै तहले प्रयोग गर्ने पोसाक बनाउँदा ठेकेदारले बदमासी गरी कमसल कपडा प्रयोग गर्ने समस्या आएपछि मापदण्ड बनाउन थालेको हो । यो खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७