दर्जनौ चलचित्रमा अभिनय गरेका कलाकार न्यौपानेको निधन
काठमाडौं, ७ माघ । कलाकार गणेश न्यौपाने ‘मुनाल’ को आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिएका छन् ।
मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ ।
उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने शर्माले जानकारी दिए । मुनाल काठमाडौंको महाङ्कालका स्थायी बासिन्दा थिए ।