सप्तरीमा प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीका एक अभियुक्त मारिए
सप्तरी, ९ माघ । सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् ।
प्रहरीलाई देख्ने वित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले बताए । उनले भने, ‘गस्तीमा रहेका प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा मृत्यु भएको हो ।’
चौधरीको घटनास्थलमै मृत्यु भएको पालले डिआइजी जानकारी दिएका छन् । चौधरीको टाउकोमा गोली लागेको छ । एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।
जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका थिए । उनको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।