समाज कल्याण परिषद्मा बेथिति : नियम मिच्दै बनाइएका कामु निर्देशक यता न उता

काठमाडौं, २८ माघ । समाज कल्याण परिषद्मा रिक्त रहेको निर्देशक पदपूर्तिका लागि कायम मुकायम (कामु) तोकेकाहरु दुई वर्ष बित्दा समेत सोही हैसियतमा काम गर्न बाध्य पारिएको छ ।

परिषद्का ४ जना कामु निर्देशकलाई कानुनी प्रावधान मिच्दै पुरानै जिम्मेवारी तोकिएको छ । नियमानुसार, कामु तोकिएको दिनदेखि ६ महिनासम्म मात्रै कामु दिने व्यवस्था भए पनि सो व्यवस्थाको सरासर उल्लंघन गरिएको छ ।
उपनिर्देशकहरु हरि तिवारी, प्रल्लाद पन्त, भगवती संग्रौला र शिव बस्नेत साढे २ वर्षदेखि कामु निर्देशकको जिम्मेवारीमा रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट