दुर्गाको मायाले तान्यो मोहनविक्रमलाई: पत्नी मोहको आरोप


१६ मंसिर २०७४, शनिबार

प्युठान: दाह्री(कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके । पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ ।

MB N Durga Paudel zWBe6vQ1FY
मोहनविक्रम सिंह पत्नी दुर्गा पौडेलसँग । तस्बिर : केशर रोका (अन्नपूर्ण पोस्ट)

झिमरुक गाउँपालिका(५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ । भोट माग्न उनी प्युठानका गाउँघर डुल्दै छन् । मसालको संसदीय मोर्चा(राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन् ।

बितेका निर्वाचनमा पनि उनी भूमीगत रूपमा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसारमा सामेल हुन्थे । जिल्लाका निश्चित ठाउँमा मात्र पुगेर उनले मतदातासँग भोट माग्ने गरेका थिए ।

तर, यसपालि भने उनको सक्रियता बढेको छ । सधैँ अर्धभूमिगत भइरहने सिंहको यसपालिको सक्रियतालाई प्रतिस्पर्धीले ‘पत्नी मोहको आरोप लगाएका छन् ।

पत्नी उम्मेदवार भएकै कारण उनको क्रियाशीलता बढी देखिएको विपक्षीहरूले उनीमाथि आरोप लगाउँछन् । सिंहले आफू ६५ वर्षको हुँदा ०५८ सालमा २८ वर्षीया पौडेलसँग पछिल्लो गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७