२०७५ चैत ६ गते बुधबारको तपाईको राशिफल


६ चैत्र २०७५, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । रोजगारको अवसर पनि मिल्ने छ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । पारिवारिक सद्भाव बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वाक्चतुर्याइँले सङ्कल्प सिद्ध हुनेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । काम गर्ने उत्साह र हौसला मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । आम्दानी बढाउने काम सुचालु गर्न सकिने छ । सफल यात्राको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पूरा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मकर (भो,जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । झुटा आरोप आइलाग्न सक्नेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७