‘अब नेपाल बार एशोसिएशनलाई अन्जु पन्तको गीत जस्तो बन्न दिदैनौं’


१२ चैत्र २०७५, मंगलवार
Surendra thapa magar Nepal bar asociation

काठमाडौं, १२ चैत : नेपाल बार एशोसिएशनको कानूून व्यवसायीहरुको साझा र छाता संगठन हो । २०१३ साल पुस २७ गते स्थापना भएको नेपाल बार एशोसिएशन नेपालको एउटा बलियो पेशागत संगठन हो । खासगरी यसले परिर्वतनका आन्दोलनहरुमा खेलेको भूमिकाको प्रशंसा गरिन्छ । तर, न्यायलयमा विद्यमान विकृति र भ्रष्टचार भित्राउनमा भने यसमा आबद्धहरुको भूमिका रहेको भनेर आलोचना पनि उत्तिकै गरिन्छ ।

अहिले समय फेरिएको छ । संबिधानसभाले बनाएको संबिधान लागुभएसँगै संरचना र प्रणाली फेरिएका छन् । संघीयता कार्यान्वयनको प्रक्रियामा छन् । ऐन, नीति र निर्देशिकाहरु बन्नेक्रममा छन् । यही अवस्थामा कानुन क्षेत्रमा बलियो प्रभाव र गहिरो चासो राख्ने संस्था नेपाल बार एशोसिएशनको निर्वाचन हुदैछ । २०७५ साल चैत्र १६ गते शनिवारका नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमिति (पच्चिसौँं) को निर्वाचन प्रयोजनका लागि मतदान हुदैछ । १० हजार ३ सय ७३ जना वकिलेहरुले मतदान गर्देछन् । करिब १७ हजार कानुन व्यवसायीहरु यो संगठनमा आबद्ध छन् ।

वकिलहरु अहिले निर्वाचनको दौडधुपमा छन् । यो निर्वाचनमा प्रगतिशिल र प्रजातन्त्रिक गरी दुई समुह प्रतिस्पर्धामा छन् । यी मध्ये ‘प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवयासी समूह’को नेतृत्व वरिष्ठ अधिवक्त्ता चण्डेश्वर श्रेष्ठले गरेका छन् । श्रेष्ठ समुहबाट गण्डकी प्रदेशको उपाध्यक्षको उम्मेदवार छन्, सुरेन्द्र थापा मगर ।

२०५१ सालदेखि गण्डकी प्रदेशको राजधानीलाई केन्द्र बनाएर कानुन क्षेत्रमा क्रियाशिल थापा मगर एकजना भ्रष्टचार बिरोधी अभियान्ता समेत हुन् । कुनै बेला पत्रकारिता समेत गरेका थापा मगर कानुन क्षेत्रको नीति निर्माण र सांगठनिक गतिबिधिमा उनी हस्तक्षेपकारी भूमिका सहित क्रियाशिल छन् ।

‘बार अन्जु पन्तको गीत जस्तै भयो’

नेपाल बार एशोसिएशनको बर्तमान कार्यसमितिले आफ्नो गौरवमय इतिहास र विरासत धान्न नसकेको थापाको दाबी छ । गायिक अन्जु पन्तको गीत ‘नबिर्से तिमिलाई, नसम्झे तिमिलाई, विना अर्थ दिलमा सजाए तिमिलाई’ जस्तो बार एशोसिएशन भएको उनको दाबी छ । वर्तमान कार्य समितिले काम गर्न नसक्दा कानुन व्यवसायीहरुले बिर्सन नसकेको तर विना अर्थ दिलमा राख्नुपर्ने अवस्था भएको उनको दाबी छ । ‘प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवयासी समूह’ले यो निर्वाचनमा विजय हासिल गरे अग्रजहरुले बनाएको इतिहास र गरिमालाई थप माथि उठाएर पेशागत हकहितसँगै न्यायलयलाई विकृति र भ्रष्टचार मुक्त बनाउने उनको भनाई छ ।

कांग्रेस निकटले नेतृत्व गरेको समयमा नेपाल बार एशोसिएशन बार एशोसिएशन जस्तो नभएको उनको जिकिर छ । उनले भने, ‘हामी अब यसको गौरवमय गरिमालाई कायम राखेर परिवर्तित सन्दर्भमा थप प्रभावकारी बनाउन चहान्छौं ।’

श्रेष्ठ समुहलाई कांग्रेस निकट समुहले भने सत्ताधारी समुहले जित्यो भने लोकतन्त्रमाथि झन् खतरा रहने दाबी गर्दै आएका छन् । तर, थापा मगर यसलाई अस्वीकार गर्छन् । भन्छन्,‘हिजो हाम्रो इतिहास हेरे हुन्छ । हिजो सत्ता निकट नेतृत्व रहदा समेत सत्ताले मानवअधिकार हनन गर्दा, लोकतन्त्रमाथि हनन गर्दा, विधिको शासनमाथि हनन गर्दा र निष्पक्ष न्यायपालिकामाथि हस्तक्षेप गर्दा सबैभन्दा बढी आवाज उठाएको इतिहास छ ।’ विना कारण बिरोध अथवा विना कारण समर्थन नभई मुल्य मान्यता र आर्दशको आधारमा समर्थन र बिरोध हुनुपर्ने उनको भनाई छ ।

हेर्नुहोस् सुरेन्द्र थापा मगरसँग गरिएको कुराकानी :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७