दिल्लीसँग बेंगलोर पराजित , टी-२० मा सन्दीपको ५० औं विकेट


२४ चैत्र २०७५, आईतवार
sandeep n koholi

काठमाडौं, चैत्र २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार बेलुका सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गरेको छ । यो सँगै बेंगलोरको प्ले अफको संभावना कठिन बनेको छ ।

१ सय ५० रनको विजयी लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको सहज जितमा कप्तान श्रेयस ऐरले ५० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । ऐरलाई १८ ओभरको तेस्रो बलमा नवदीप सैनीले युजवेन्द्र चाहालबाट क्याच आउट गराएका थिए । ओपनर पृथ्वी शाले २२ बलमा ५ चौका प्रहार गर्दै २८,शिखर धवन शुन्य र कोलिन इनग्राम २२ रनमा आउट भए । विकेटकीपर ऋषभ पन्त १८ रनमा आउट हुँदा अक्षर पटेल ४ रनमा अविजित रहे ।

पृथ्वी शा ले तेस्रो ओभरमा टिम साउदीलाई लगातार पाँच चौका प्रहार गरेका थिए । बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी,टिम साउदी,मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।

त्यस अघि घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए। मोइन अलीले १८ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३२,पार्थिव पटेल ९,एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रनमा आउट भए ।

दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २,अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए ।

delhi win

यो हारसँगै बेंगलोर ६ खेलमा ६ मा पराजित हुँदै अंकतालिका अंक बिहिन हुँदै पुछारमा छ । बेंगलोरको प्ले अफको संभावना अंक गणितीय मात्र बाँकी छ । बाँकी सबै खेलमा फराकिलो अन्तरले विजयी भए र अन्य टोलीको नतिजा आफु अनुकुल आउन सकेमात्र बेंगलोर नाटकीय रुपमा प्ले अफमा पुग्ने छ । दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा छ ।

सन्दीप लामिछानेकाे बेंग्लोरविरुद्ध एक विकेट लिएसँगै टी-२० खेलमा ५० विकेट पुर्‍याए

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० खेलमा ५०औं विकेट लिएका छन् । रोयल च्यालेन्जर्स बैङ्गलोरविरुद्धको खेलमा १ विकेट लिँदै १८ वर्षीय युुवक ५० विकेट लिने पहिलो नेपाली बलर भएका छन् ।

sandeep 50 wickets in t20 TGFE4PbeZt

इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नेपाली युवा सन्दीप लामिछानले विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध १ विकेट लिएका छन् । चार ओभर बलिङ गर्दै महंगो साबित सन्दीपले ४६ रन खर्चिएर १ विकेट लिए। सन्दीपले ४ छक्का र २ चौकासहित ४६ रन खर्चिदा ४ बल डट फालेका थिए। सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरे।

सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो। मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे। दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै कप्तान विराट कोहलीलाई स्ट्राईक दिए। बाँकी तीन बलमा सन्दीपले तीन रन खर्चिदै पहिलो ओभरमा १ छक्कासहित १० रन खर्चिए।

त्यस्तै टोलीका लागि १२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए। कोहलीले पहिलो, तेस्रो र पाँचौ बलमा १(१ रन लिँदा अलीले दोस्रो, चौथो र छैटौं बलमा सिंगल रन जोडे। यस्तै आफ्नो तेस्रो ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे। सन्दीपले दोस्रो बल डट गराउँदा तेस्रो बलमा विकेट किपर ऋषव पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए।

चौथो बलमा अक्षदिपले चौका प्रहार गरे। पाँचौ बल डट गराउँदा छैठौं बलमा १ रन खर्चिए। यो ओभरमा उनले १ छक्का र १ चौकासहित ११ रन खर्चिए। यस्तै आफ्नो व्यक्तिगत अन्तिम तथा टिमका लागि १७ औं ओभर लिएर आएका सन्दीपले १९ रन खर्चिए।

पहिलो बलमा कोहलीले १ रन लिँदा दोस्रो बलमा आकाशदीपले चार रन लिए। तेस्रो बलमा आकाशदीपले १ रन लिँदै कोहलीलाई स्ट्राईक दिए। कोहलीले चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गर्दै अन्तिम बलमा १ रन लिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७