बुद्ध लामाको ‘सोल्टिनी’ सार्वजनिक


३० चैत्र २०७५, शनिबार
alisha rai

काठमाडौं ३० चैत । पहिलो नेपाल आइडल बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । बुद्ध लामाको ‘सोल्टिनी’ बोलको नयाँ गीत सार्वजनिक भएको हो ।

भिडियोमा लामा नयाँ हुलियामा देखिएका छन् । भिडियोमा उनी खैरो रंग्याएको कपाल र जुंगा पालेका देखिन्छन् ।

नेपाल आइडल भएर नै चर्चा बटुल्न सफल बुद्धले यसअघि ‘सानी नरिसाउन, राटो टिका, तिम्रो मायामा, तिमी साथ भएपछि’ बोलका चर्चित गीत गाएर ख्याती पाइसकेका छन्।

उनलाई भिडियोमा चर्चित मोडल एलिसा राइले नृत्यमा साथ दिएकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७