सलमानको जोडीको हुने ?


२६ बैशाख २०७६, बिहीबार
AC 20 Salman

काठमाडौं, २६ बैशाख । बलिउड नायक सलमान खान पछिल्लो समय लगतार चलचित्रमा काम गरिरहेका छन् । सलमानको ‘भारत’ रिलिजको तयारीमा छ भने उनी अहिले ‘दंबग ३’ को छायांकनमा व्यस्त छन् । ‘दंबग ३’ को छायांकन सकिए लगत्तै सलमानको हातमा दुई चलचित्र छन्, ‘किक २ र इन्शाअल्ला’ ।

‘दबंग ३ को’ छायांकन सकिएपछि पहिला सलमानले ‘किक २’ को छायांकनलाई समय दिनेछन् । पछिल्लो समय ‘किक २’ लाई लिएर मिडियामा धेरै समाचारहरु पनि आइरहेका छन् ।

‘किक २’ मा सलमानको जोडी ‘किक’ चलचित्रकी नायिका ज्याकलिन फर्नान्डेज रहने खबर बाहिरिएको थियो । त्यसको केही समयमा नै ‘किक २’ टिमले नायिका दीपिका पादुकोणलाई चलचित्रको अफर गरेको पनि समाचार आए छ ।

तर, निर्माण युनिटले दिएको जनकारी अनुसार चलचित्रमा नयाँ नायिका रहने छिन् । निर्माण युनिटले नयाँ नायिकाको खोजी गरिरहेको छ । यस चलचित्रका लागि ज्यक्लिन, दीपिका र दिशा कोहीसँग पनि कुरा नभएको निर्माण पक्षले बताएको छ ।

हाल ‘भारत’ को प्रचारमा पनि व्यस्त सलमानले ‘किक २’ को छायांकन सकिएपछि मात्र ‘इन्शाअल्ला’ को सुटिङ शुरु गर्नेछन् । यस चलचित्रमा भने सलमानको जोडीको रुपमा नायिका आलिया भट्ट देखिने छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७