राजपाले प्रतिनिधी सभामा दुई सीट जित्याे, सप्तरीमा चन्द्रकान्त चौधरी विजयी
काठमाडौं : राजपाले प्रतिनिधी सभामा दुई सीट सुरक्षित बनाएको छ । नेता राजेन्द्र महतोपछि सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् ।
प्रतिनिधि सभाको सांसद् बनेका उनले २२ हजार ५ सय ८४ मत पाए । उनले नेपाली काँग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई पराजित गरेका हुन् ।
यादवले १९ हजार ४ सय १ मत पाए । तेस्रो बनेका नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।