रितुको हत्या श्रीमानबाटै भएको खुलासा


१० जेष्ठ २०७६, शुक्रबार
ritu

सिरहा, १० जेठ । सिरहाको कर्जन्हा नगरपालिका ११ बस्तीपुरस्थित आफ्नै घरमा मृत भेटिएकी २९ वर्षीया रितु यादवको हत्या उनकै श्रीमान चन्देश्वर खेरबार यादवले गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गर्दै गएको बैशाख ७ गते रितुको हत्या आरोप पक्राउ परेका चन्देश्वरलाई सार्वजानिक गरेका छन् । घरायसी विवादका कारण रितुको हत्या गरिएको जनाएको छ ।

यादवलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । ‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको देखिएपछि चन्देश्वरलाई नियन्त्रणमा लिई अनुसन्धान थालेका थियौँ’, पत्रकार सम्मेलनमा सिरहाका एसपी जीवनकुमार श्रेष्ठले भने, ‘प्रहरी समक्ष पत्नीको हत्या गरिएको चन्देश्वरले स्वीकार गरेका छन् ।’

हत्यासँग सम्बन्धित केही प्रमाणहरु फेला परेको उनले जानकारी गराए । ‘हत्यामा उनको पतिसँगै अरुपनि संग्लन भएको देखिन्छ । प्रहरीको अनुसन्धान त्यस तर्फपनि अगाडि बढाइएको छ,’ एसपी श्रेष्ठले भने, ‘थप प्रमाणको खोजी गरी अनुसन्धान भइरहेको छ ।’

यसैगरी, बैशाख १२ कल्याणपुर नगरपालिका ८ अरङ्गका २२ वर्षीया कञ्चन कुमारी मण्डलको जलेर मृत्यु भएको थियो । ‘उनको घटनामा कञ्चनको सासु सुर्जी मण्डल र नन्द सुनिता मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो,’ एसपी श्रेष्ठले भने, ‘उनको सासु र नन्द मिलेर घरायसी विवादका कारण रिस आवेगमा मट्टितेल छर्केर आगो लगाएको खुलेको छ ।’ सुर्जी र सुनितालाई पूर्वपक्षका लागि करागार चलान गरिएको एसपी श्रेष्ठले बताए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७