फुलन्देकी आमाको ‘बुढेसकालको लौरी’ (भिडियो सहित)


३० जेष्ठ २०७६, बिहीबार
fulandeki aama

काठमाडौं, ३० जेठ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेसकालको लौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहेको गीतको भिडियोमा वैशालु उमेरमा बाहिर फेर रमाइलो गर्दै हिँड्नु राम्रो कुरा नभएको भन्दै शंका नगरी पति–पत्नी एक अर्काको बुढेसकालको लौरी बन्नु पर्ने कुरालाई मुख्य रुपमा देखाइएको छ ।

प्रेमी–प्रेमिका र पति पत्नीबीचको प्रेम रोमान्सको कथालाई संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् । जसमा शर्माकै संगीत रहेको छ । युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् । सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७