२०७६ असार १ गते आइतबारको तपाईको राशिफल


१ असार २०७६, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । स्वास्थ्य बिग्रिएला । आर्थिक कारोवारमा बिवाद आउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद रहने छ । आकस्मिक धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउने छ । सहकर्मीबाट विरोध आउँला । चोट पटकको भय छ सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । लाभदायक यात्रा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । अविश्वास उत्पन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्ने छ । रमणीय र सुखद् यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । लाभदायक यात्रा रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निर्णय लिन सकिने छ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोजगारको अवसर मिल्ने छ । प्रयत्न गरे फाइदा लिन सकिने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । बौद्धिकताको विकास हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेको र ताकेको कार्य पूरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउँला । लाभदायक र सुखद् यात्रा हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७