प्रतिनिधि सभातर्फ अब ५ स्थानको मत परिणाम आउन बाँकी, चौधरीको सूरु देखि नै अग्रता


२६ मंसिर २०७४, मंगलवार
Bhagawati choudhary Bijayekumar Gachhadar

काठमाडौं: प्रतिनिधि सभातर्फ अब ५ स्थानको मात्र मत परिणाम आउन बाँकी छ। सुनसरी ३ मा एमालेकी भगवती चौधरीले मत गणना सुरू भएदेखि नै अग्रता कायम गरिरहेकी छिन्। पछिल्लो मत परिणाम अनुसार उनले २९३२६ मत ल्याएकी छन् भने कांग्रेसका विजयकुमार गच्छदारले २९१७१ मत ल्याएका छन्।Bhagawati choudhary Bijayekumar Gachhadar

कैलाली २ मा एमालेका झपटबहादुर रावलले १३२८६ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका मोहन सिंहले १११८८ मत ल्याई उनलाई पछ्याइरहेका छन्।

सर्लाही ४ मा राजपाका राकेश कुमार मिश्रले १६३१८ मत ल्याएर अग्रस्थान हासिल गरिरहेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका अमरेश कुमार सिंहले १५९३६ मत ल्याएका छन्।
प्रतिनिधि सभातर्फ स्याङ्जा १ मा हालसम्म एमालेका नारायण प्रसाद पराजुलीले अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार उनले २१००४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राजु थापाले १६०७४ मत पाएका छन्।
स्याङ्जा २ मा पनि एमालेका उम्मेदवारले नै अग्रस्थान कायम छ । एमालेकी पद्मा कुमारी अर्यालले १९१०८ मत पाएका छन् भने कांग्रेसका गोपालमान श्रेष्ठले १६०७४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७