‘रातो टीका निधारमा’ को छायांकन सकियो


८ असार २०७६, आईतवार
rato tika nidharma

काठमाडौं, ८ असार । अशोक शर्माको निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’ को छायांकन सकिएको छ । औपचारिक रुपमा ‘क्यामेरा अन’ गरिएको २९ दिनमा चलचित्रको पूर्ण छायांकन सकिएको निर्माता तथा निर्देशक शर्माले बताए ।

आगामी दशैंलाई रिलिज मिति पक्का गरेको यो चलचित्रले तयारी गरिरहेकोे छ । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु नायक अंकित शर्माको मुख्य भूमिका छ । चलचित्रमा यी दुई कलाकारको साथमा नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रश्मी भट्ट, जयनन्द लामा, अर्जुन श्रेष्ठ, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाललगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७