बराहक्षेत्र मेयरकपको उपाधि स्थानीय खेलाडीको पोल्टामा


७ असार २०७६, शनिबार
barahachhetra goldcup 2

दिपक पुरी
नडाहा, ७ असार । स्थानीय खेलाडीहरुले रहेको आयोजक एभरेस्ट फुटबल क्लब (बि)ले दोस्रो बराहक्षेत्र मेयरकपको उपाधि हात पारेको छ । ए डिबिजन लिगका खेलाडीले भरी भराउ आयोजक ‘ए’ लाई टाइब्रेकरमा ७ – ६ गोल हराउँदै ‘बि’ले उपाधी उचालेको हो ।

जेष्ठ ३० गतेदेखि संचालित दोस्रो बराहक्षेत्र मेयर कप शनिवार सम्पन्न भएको हो । सुनसरीको बराहक्षेत्र –३ नडाहा एभरेष्ट फुटबल क्लबको खेल मैदानमा भएको फाइनलमा निर्धारित समयमा कतैबाट गोल हुन सकेन् ।

आयोजक ‘बि’ का साजन राई र एलन पटक–पटक प्रहार गर्ने मौका पाए । तर गोल गर्न भने सकेनन् । खेल बराबर भए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।

आयोजक ‘ए’ हेमन्त थापा मगर म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद रु ५ हजार सहित ट्रफि पाए ।

यसैगरी उत्कृष्ट गोलरक्षक आयोजक ‘बि’ का दिवस चौधरी, उत्कृष्ट डिफेन्डरको आशिष लिम्बु, उत्कृष्ट मिडफिल्डर आयोजक ‘ए’ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर विशाल मग्राती भए । उनीहरुलाई जनही ५–५ हजार पाए । barahachhetra goldcup 1

धेरै गोल गर्ने आयोजक ए का गिल्सन कन्दङ्वा ७ हजार, राईजिङ स्टार्स प्लेयर राज श्रेष्ठले हात पारे । उनले ५ हजार हात पारे । म्यान अफ सिरिज आयोजक ए का क्याप्टेन निशान लिम्बु भए । उनले १० हजार सहिद प्रदान मेडल पाए ।

आयोजक बि स्थानीय खेलाडीले नगद १ लाख २५ हजार सहित ट्रफी पाए । उपविजेता बनेको बिले ७५ हजार सहित ट्रफी हात पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७