ललितानिवास प्रकरण : भूमाफियाका ३ परिवारसहित ८६ जनालाई अख्तियारले डाक्यो बयानमा ( नामसहित)


११ असार २०७६, बुधबार
aktiyar

काठमाडौं, ११ असार । ललितानिवासको जग्गा अनियमिततामा मुछिएका तीन परिवारसहित ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

अख्तियारले बुधवार सार्वजनिक सूचना जारी गर्दै ललितानिवासको जग्गा अनियमितताबारे छानविनका क्रममा उनीहरु सहित ८६ जनालाई बयानका लागि बयानका लागि बोलाएको हो ।
आयोगले उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको छ ।

यसअघि नै अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा पूर्जी टाँस गरिसकेको छ । अहिले भने शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो । उनी हाल अमेरिका छन् ।

सूचनामा उल्लेखित नाममा कल्याण गुरुङको पनि नाम छ । उनी भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा हुन् । रामकुमारको श्रीमती माधवी सुवेदीको नाममा पनि सूचना छ भने शोभाकान्तको पत्नी उमा ढकालको नाममा पनि सूचनामा छ । बोलाइएका अधिकांश ललितानिवासमा आफू मोही भनेर दाबी गर्ने व्यक्तिहरु रहेको स्रोतले जानकारी दिएको छ ।

हेर्नुस् बयानका लागि बोलाइएको नामावली

lalita niwash 1
lalita niwash 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७