आइफा अवार्डबारे बोलेनन् आदित्य नारायण झा, भने, ‘नेपाल मेरो घर हो’


२१ असार २०७६, शनिबार
aditya

काठमाडौं, २१ असार । गायक आदित्य नारायण झा आज बेलुकी ठमेलको क्लब फरेनहाटइमा आयोजना हुने ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका छन् ।

त्रिुभवन विमानस्थलमा सञरकर्मीसँग कुराकानी गर्दै उनले बुबा उदितनाराण र आफूले समेत स्वर दिएको ‘यो गाउँको ठिटोम’ बोलको गीत गाएर समेत सुनाए । मिठो मुस्कानका साथ विमानस्थलमा सञ्चारकर्मीसँग प्रस्तुत भएका आदित्यले नेपाल आफ्नो घर भएको समेत बताए ।

मिडियाकर्मीले नेपाल तपाईको घर कि मामाघर भनेर प्रश्न गर्दा उनले नेपाललाई आफ्नो घर भनेका थिए । आदित्यले भने, ‘करिब ८ बर्षपछि म नेपाल आएको हुँ । एकदमै खुशी छु । म भोलि नै फर्किनु छ, यसैले अहिले खासै घुम्न पाउने छैन । नेपाली खाना जे खुवाउनु हुन्छ खान्छु ।’ उनले सलमान खानसहितका कलाकार आउने भनिएको आइफा अवार्डको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दै जानकारी नभएको बताए ।


उनले अगाडि भने–‘मलाई माया गर्ने फ्यानहरु सबैलाई विशेष धन्यवाद ।’ उनी आज बेलुकी क्बल फरेनहाइटमा गुञ्जनेछन् । उनले, आफूले गाएका हिट बलिउड र नेपाली चलचित्रका गीत गाउने बताइएको छ । रातको ११ बजेपछि मात्र आदित्य स्टेजमा उक्लिने आयोजकले बताएको छ ।

उनी आफ्नो टिमसहित नेपाल आएका थिए । नेपालमा आदित्यको राम्रो क्रेज रहेकाले उनलाई नेपाल ल्याएको आयोजकले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७