अक्षय कुमार संसारभरका धेरै कमाई गर्ने सेलिब्रेटीको ३३ औँ स्थानमा


२७ असार २०७६, शुक्रबार
achhekumar

काठमाडौं, २७ असार । बलिउड अभिनेता अक्षय कुमार ‘फोब्र्स’ को संसारभरका एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचीमा परेका छन् ।

यस पटक अभिनेता सलमान खान, अमिताभ बच्चन, शाहरुख खान लिस्टबाट बाहिरिएका छन् । अक्षयले गत वर्ष कूल कमाई ६५ मिलियन डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ । उनानी रिहाना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोनसनजस्ता कलाकारलगायत हलिउडका थुप्रै सुपरस्टारलाई समेत पछाडि पार्दै ३३ औँ नम्बरमा छन् ।

गायिका टेलर स्विफ्टले पहिलो स्थान हासिल गरेकी छिन् । दोस्रो नम्बरमा काइली छिन् भने कान्ये वेस्ट तेस्रो र अर्जेन्टिनाका चर्चित फुटबलर लियोन मेसी चौथो स्थानमा छन् । अक्षय बलिउडका सबै भन्दा व्यस्त अभिनेता हुन् । उनी अभिनीत नयाँ फिल्म ‘मिशन मंगल’ १५ अगस्टमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७