छवि र शिल्पा खोज्दै प्रहरी


९ श्रावण २०७६, बिहीबार
chhabi n silpa

 


काठमाडौ‌ं, ९ साउन । फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेललाई प्रहरीले खोजिरहेको छ ।

बहुविवाहको आरोपमा अदालतले प्रहरीलाई पक्राउका लागि स्वीकृति दिएपछि उनीहरूको खोजी भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले भने, ‘अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । हामी छवि र शिल्पालाई खोजिरहेका छौं ।’

शिल्पाले छविसँग डिभोर्स मागिरहँदा हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दिएपछि यस प्रकरणमा एकाएक ट्वीस्ट आएको थियो ।

छविकी पहिलो श्रीमती हेमाले केही दिनअघि उनीहरूविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । त्यसपछि उनको उजुरीको आधारमा अदालतले बुधवार पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७