सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यु-१६ च्याम्पियन


प्रकाशित मिति : December 17, 2017

काठमाडौं: थाइल्याण्डमा भएको एसीसी यु–१६ इस्टर्न रिजन च्याम्पियनशिपको फाइनलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको छ । नेपाली टोलीले सिंगापुरलाई ७१ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा सिंगापुर ११२ रनमै अलआउट भएको हो ।
नेपालले विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडे। उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे। नारायण जोशीले नटआउट ४६ रनको योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
ओपनर कुशल मल्ल शुन्य तथा राजन मगर ३ रनमा आउट भएपछि सुरुमै लडखडाएको नेपाली टोलीलाई सुवास अयरसँग मिलेर विशालले सम्हालेका थिए । नेपालका लागि सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोडे। जवाफी ब्याटिङमा आएको सिंगापुर निर्धारित ३५ ओभर खेल्नै पाएन । ३१ ओभर ५ बलमा ११२ रनमै अलआउट भयो । यसअघि नेपाल एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्