एलिसालाई मिस इ–कलेको उपाधि


३० भाद्र २०७६, सोमबार
alisha

काठमाडौं, ३० भदौं । ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले इ–कलेको उपाधि हात पारेकी छन् । सिजन मिडिया आयोजक रहेको ‘मिस ई–कलेज २०१९’को ताज उनले शीर्ष उपाधिसहित उनले मल्टिमिडिया अवार्ड र भिर्योस च्वाइस अवार्ड समेत हात पारेकी छन् ।

राजधानीमा एक भव्य कार्यक्रम सहित सम्पन्न कार्यक्रममा काठमाडौँको ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाही फष्ट रनरअपसहित मिस ट्यालेन्ट बन्दा गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्साल र रुषा नापित थर्ड रनर अप सहित मिस पर्शनालिटी र फोटोजेनिक अवार्ड जित्न सफल भए ।

प्रतियोगितामा वेष्ट स्किन सहित फोर्थ रनरअप दीपा लिम्वु हुन सफल भइन् ।
नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा, जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस ई–कलेज २०१६की विजेता नितिका कर्मचार्य र माछापुच्छ्रे बैङ्कका मोहिनी प्रधान र फिल्म निर्देशक जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मिता खनाल निर्णायक रहेको प्रतियोगितामा शीर्ष विजेताले ताजसहित थाइल्याण्ड टुरको लागि हवाइ टिकट, उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृत्ति लगायत बिभिन्न उपहार हात पारिन् । अन्य विजेताले पनि विभिन्न उपहार जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७