२०७६ असोज ५ गते आइतबारको तपाईको राशिफल


५ आश्विन २०७६, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । मित्र वर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । बोलीको प्रभाब बढ्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशिष्ठ व्यक्तिको साथ पाइने छ । आँटेको र ताकेको कार्य पूरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पाइने छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । सन्तान सुख मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजन पनि पाइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साना तिना समस्यामा अल्झिनु पर्नेछ । पाचन प्रणालीमा समस्या देखिन सक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउने छ । चोट पटकको भय छ सचेत रहनुहोला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिएला । घरायसी विवाद बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७