राष्ट्रपति सीको भ्रमण : हाम्रो खुशी र गौरवको दिन


२५ आश्विन २०७६, शनिबार
Madhav Kumar Nepal माधवकुमार नेपाल is a Nepalese politician who was Prime Minister of Nepal

बनाउनेमा ध्यान दिनुपर्छ । बाटोघाटो व्यापारमात्र होइन, मानिस–मानिसबीचको सम्बन्ध गाढा बनाउन, चेतना बढाउन, एक–अर्काको भावना जित्नका लागि पनि हो । पर्यटक, यात्रुको सङ्ख्या बढ्दै गयो भने भोलि सहयोग त नेपाललाई नै पुग्छ । नेपाल संसारका निम्ति आकर्षणको केन्द्र बन्दै छ । सबैको विश्वास जित्दै छ । विश्वभरका मानिस एकपटक नेपाल पुग्न पाए हुन्थ्यो भन्ने ठानिरहेका छन् । यो हाम्रालागि उज्ज्वल भविष्य र गौरवको कुरा हो ।

कतिपय देश पर्यटकले मात्र आर्थिक समृद्धि गरेको हामीले देखेका छौँ । हामीसँग पर्यटकीय महŒवसँगै अन्य उत्पादनका सम्भावना पनि उत्तिकै छ । यहाँको प्राकृतिक स्रोत–साधनको सदुपयोगको त्यति नै महŒव छ । यो भ्रमणका बेला पनि नेपाल–चीनबीच केही दीर्घकालीन सम्झौता हुनेछ । दीर्घकालीन महŒवका परियोजनामा सम्झौता हुने तयारी भएका छन् । यसले नेपाल र चीन दुवैलाई फाइदा पुग्नेछ । चीनको राम्रो पक्ष के हो भने, उसले आफूले मात्र सम्बन्ध बढाउने भन्दैन । अरूसँग पनि त्यत्तिकै मात्रामा राम्रो सम्बन्ध राख्नुस् भनेर सुझाव दिने गरेको छ । यो राम्रो पक्ष हो । चीनले संवेदनशीलता हेरेर लगानी गर्ने गरेको छ । तथापि काम गर्दै जाँदा केही त्रुटि र कमजोरी हुन्छ नै । त्यो जसबाट पनि हुन्छ । चीनको लगानी रहेका केही परियोजनामा ढिलाइ भयो भनेर गुनासो सुनिन्छ तर त्यहाँ हाम्रो कमजोरी पनि जोडिएको छ ।

यो रिङरोड निर्माणकार्य पनि कति तीव्र गतिमा भइरहेको थियो, हामीले जग्गा अधिग्रहण गर्नमा ढिलाइ गर्दा काममा सुस्तता भयो । आफ्नै कारणले काममा ढिलाइ भएका बेला पनि अरूलाई दोष दिनु त उचित हुँदैन । आफ्नो कमजोरी र त्रुटि सच्याउँदै जानुपर्छ । नियम कानुनको पूर्ण पालना गरेर नै हामीले विकास गर्ने हो । चीनले आर्थिक समृद्धि कायम गरेको पनि नियमबद्ध तरिकाले नै हो । हामीले चीनबाट धेरै कुरा सिक्नेक्रममा छौँ । उसको विकासको बाटोलाई पछ्याउन सक्छौँ । चीनमा अहिले एक अर्ब ४३ करोड जनसङ्ख्या छ । त्यहाँको केही नागरिक नेपाल आउँदामात्रै नेपाल पर्यटकीय रूपले ठूलो आर्थिक वृद्धि हासिल गर्न सक्छ । यो हामीले राम्रोसँग बुझेका छौँ ।

President Xi Jinping

मैले दर्जनौँपटक चीनको भ्रमण गरेको छु । सम्बन्ध राखेर केही बिगँ्रदैन । पार्टी–पार्टीबीचको सम्बन्धले देशको सम्बन्ध राम्रो बनाउन मद्दत पुग्छ । कोहीले नेपाल कम्युनिस्ट पार्टी र चीनको कम्युनिस्ट पार्टीबीचको सम्बन्ध बनेको देखेर हल्का आलोचना गरेको सुनिन्छ । तर, त्यो आवश्यक छैन । चिनियाँ पार्टीसँग हाम्रो भ्रातृत्व सम्बन्ध उहिलेदेखिको हो । चीनले आफ्नो विचार निर्यात गर्न चाहँदैन । हामीले पनि कसैको विचार आयात गर्न आवश्यक छैन । द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई नेपालको सन्दर्भमा लागू गर्न चाहेका छौँ ।

समाजमा कस्ता–कस्ता वर्ग बस्छन्, तिनीहरूको स्वभाव कस्तो हुन्छ, त्यसको व्याख्या गर्न, समाजमा कस्ता अन्तरविरोध विद्यमान छन् ? संसारलाई चिन्न र आफूलाई चिन्ने चश्मा हो त्यो । हेर्नेमात्र होइन, रूपान्तरण गर्ने सिद्धान्त पनि हो । “पहिले चिन अनि बदल । रोगको पहिचान गर अनि निदान गर” भन्ने सूत्र प्रयोग गर्न चाहेका छौँ । हामीले पार्टीबीचको सम्बन्ध सुमधुर बनाएसँगै देश–देशबीचको सम्बन्ध पनि बनाउन त्यति नै महव दिएका छौँ । जनता–जनताबीच, पार्टी–पार्टीबीच, सङ्गठन–सङ्गठनबीचको सम्बन्ध राम्रो भएमा देशको सम्बन्ध बनाउन टेवा पुग्छ । चीनको एउटा सिद्धान्त छ, “पहिले समस्या पहिचान गर अनि काम गर ।” समस्याको पहिचानै नगरी समाधान कसरी खोज्ने ? सामाजिक न्याय, समानताको सिद्धान्त लागू गर्न चाहेका छौँ । सबैको शिर ठाडो होस्, सबैका छोराछोरी पढ्न पाऊन्, योग्य र सक्षम होऊन् । कोही धनी कोही गरिब नहून् भन्ने हाम्रो कम्युनिस्ट पार्टीको मुख्य मान्यता हो । ज्येष्ठ नागरिक समस्यामा नपरून्, एकल महिला पुरुष समस्यामा नपरून्, अपाङ्गता भएका व्यक्तिहरू समस्यामा नपरून्, गरिब, अल्पसङ्ख्यक कसैको जीवन कष्टपूर्ण नहोस् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ । समाजवादको मान्यतालाई हामीले आत्मसात् गरेका छौँ ।

हामी निजी, सहकारी र सार्वजनिक सिद्धान्त अङ्गीकार गरेर अघि बढेका छौँ । यो समाजवादको यात्रा हो । यसबाट कोही आत्तिनुपर्दैन । समाजको हितका लागि हो यो । कसैका विरुद्धमा हामी छैनौँ । अन्याय अत्याचार, विभेद अन्त्य गर्ने लक्ष्यमा छौँ । के यो कसैको अहितमा छ र ? कम्युनिस्ट नेतृत्वको सरकारबाट कोही तर्सिनुपर्ने आवश्यक छैन । हामी खुला समाजको पक्षमा छौँ तर नाङ्गो र विकृत समाजको पक्षमा छैनौँ । राम्रो संस्कार, राम्रो आचरण र व्यवहारको पक्षमा छौँ । हामीले लिएको विचार र नीतिबाट कोही आत्तिनुपर्दैन । तत्कालीन राजा महेन्द्रले भनेका थिए, “कोदारीको बाटोबाट मोटर चढेर कम्युनिज्म आउँदैन ।” अहिले हामीले बीआरआई प्रोजेक्टमा हस्ताक्षर गरेका छौँ । यसबाट पनि आत्तिन आवश्यक छैन । रेलको बाटो भएर सी चिनफिङ सिद्धान्त नेपाल आउने होइन । संसारलाई जोड्ने, व्यापार प्रवद्र्धन गरी सम्बन्ध जोड्ने परियोजना हो बीआरआई ।

भ्रमणबारे सरकारले सम्पूर्ण तयारी गरिसकेको छ । आजदेखि राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदै छ । यस अवसरमा हामी नेपाली अत्यन्त खुसी र गौरवान्वित भएका छौँ । सरकारले दुईपक्षीय सम्बन्ध दरिलो बनाउन ध्यान दिनुपर्छ । सम्बन्ध गहिरो होस्, समझदारीको जग बलियोमात्र होइन, अझ विश्वसनीय बन्ने मेरो विश्वास छ । दुई देशको सम्बन्ध अझ उचाइमा पुगोस् । विश्वास र साझेदारी आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा रूपान्तरण हुन्छ । सबै हिसाबले यो भ्रमण सफल होस् । दुई देशबीचको युगीन सम्बन्ध अझ भरपर्दो, सुमधुर भई नयाँ उचाइमा पुगोस् । नेपालीको महान् चाड दशैँको अवसरमा भइरहेको यो भ्रमणले थप खुसी र गौरव बढाएको छ । म व्यक्तिगत रूपमा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा हार्दिक स्वागत गर्दछु ।

(पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता नेपालको यो आलेख गोरखापत्र दैनिकबाट लिएका हौं । यो आलेख लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित छ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७