महँगीमा पनि सुन किन्ने बढे, पाँच दिनमै १० अर्बको कारोबार


१२ कार्तिक २०७६, मंगलवार
gold 2

काठमाडौं, १२ कार्तिक । सुनको भाउ उच्च रहे पनि यसपल्टको तिहारमा सुनको गहना किन्नेहरु बढेका छन् ।

तिजदेखि शुरु भएको सुनको भाउ वृद्धि तिहारसम्म जारी नै रह्यो । तर, सुनको बजार भाउ ओरालो लाग्ने नदेखिएपछि उपभोक्ताले महँगोमै भए पनि सुन किनेर तिहारमा लगाएका छन् । तिज, दशैं र तिहार जस्ता ठूला चाडवाडमा नयाँ लुगा लगाए जस्तै सुन चाँदीको गरगहना लगाउने चलन रहेको छ । विशेष गरी महिला वर्गले चाडवाडमा सुनको गहना लगाउन रहर गर्ने गर्छन् । 

यसपल्टको तिहारमा १० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

यस पटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको महासंघले जनाएको छ । तिज र दशैंमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने केही सन्तोषजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताएका छन् । 

यसपल्ट सुनको भाउ तोलाको ७० हजार नाघेपछि सुनको बजार घटेको थियो । वर्षभरमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७