इमर्जिङ टिम्स कप खेल्ने नेपाली क्रिकेट टोलीकाे घोषणा


२१ कार्तिक २०७६, बिहीबार
nepal national cricket team

काठमाडौं, २१ कार्तिक ।  बंगलादेशमा हुने इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा बुधबार घोषणा गरेको हाे ।          

टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् भने शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् ।

 यस्तै पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल पनि टोलीमा परेका छन् ।

पूर्व कप्तान पारस खड्का र स्पीनर सन्दीप लामिछाने भने टी-१० लिग खेल्न दुबई जाने भएकाले यो टुरमा टोलीमा परेका छैनन् ।

अफिसियल टिममा प्रशान्तबिक्रम मल्ल व्यवस्थापक, उमेश पटवाल प्रमुख प्रशिक्षक, रमन शिवाकोटी भिडियो एनालिष्ट र विक्रम न्यौपाने फिजियो रहेका छन् ।

इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । समुह बीमा रहेको नेपालसँगै भारत, बंगलादेश र हङकङ रहेका छन् । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान छन् । यूएईले आफ्नो नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।

नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ । समुह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ । फाइनल मंसिर ७ मा हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७