अलिशान बंगला किनेसँगै करको लफडामा सन्दीप लामिछाने


२७ कार्तिक २०७६, बुधबार
sandeep lamichhane

काठमाडौं, २७ कार्तिक । नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नो कमाईबाट उनले काठमाण्डौंका बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसंगै उनमाथी समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ ।

आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानविन गर्न थालेको छ । ६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानविन गर्न थालेको छ । स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि राजस्व विभागले छानविन गर्न थालेको दृष्टि साप्ताहिकले लेखेको छ ।

सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख ?पैयाँ तिर्नुपर्ने हुन्छ । गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए ।

यसैगरि पाकिस्तान र क्यारेबियन प्रिमियर लिगहरूमा ५० हजार र ७० हजार डलर लिएका थिए । त्यसैगरि आईपिएलमा २० लाख लिएका थिए ।

यसमध्य केही रकम एजेन्ट र म्यानेजरले पाउने भएपनि उनको कमाई करिब २ करोड देखिन्छ । जसअनुसार उनले एक वर्षमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्न हुन्छ । तर, उनले थारैमात्र कर तिरेका छन् । यो वर्ष उनको कमाई तीन करोड नाघ्ने देखिएको छ । टी टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको प्रतियोगितामा छानिएका छन् ।

इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउण्ड (एक करोड ४७ लाख रूपैयाँ)मा अनुबन्धित छन् ।

त्यस्तै टी– १० लिगमा ४५ हजार डलर उनी बिकेका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उनको सम्भावना छ । विभिन्न कम्पनीको ब्राण्ड एम्बेसडर, क्यानबाट तलब सहित उनको कमाई तीन करोड पुग्ने छ ।

विश्वका धेरै चर्चित खेलाडीहरु करको लफडामा परेका छन् । मेसी देखि रोनाल्डोसम्मलाई यस्तो कसुरमा सजाय भएको छ ।

नेपालमा सबैभन्दा बढी कमाउने सन्दीप पनि करको लफडामा परेका छन् । यद्यपि, उनले कर छलि गर्न बैंकबाट कर्जा लिएका छन् । तर, पनि गम्भीर छानविन भए उनीमाथि कारबाही हुने सम्भावना रहेको स्रोतले बताउँछन् ।

यो पनि पढ्नुहोस्
सन्दीप लामिछानेले किने आलिसान बंगला

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७